दफा ३४
वन उच्चम र पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्न सक्ने
(१) उपभोक्ता समूहले तोकिए बमोजिमको प्रक्रिया अवलम्बन गरी स्वीकृत कार्ययोजनाले निर्दिष्ट गरेका वन उद्यम तथा पर्यापर्यटन कार्यक्रम आफैंले वा स्थानीय तह वा संघ संस्था वा निजी क्षेत्र वा सहकारीसँगको साझेदारीमा सञ्चालन गर्न सक्नेछ। स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि वन उच्चम भन्नाले वन्यजन्तु पालन समेतलाई जनाउँछ।

(२) उपदफा (१) बमोजिम सञ्चालनमा साझेदारी गरेका कारणले मात्र उपभोक्ता समूहको उत्तरदायित्व हस्तान्तरण भएको मानिने छैन।

(३) उपदफा (१) बमोजिम वन उद्यम स्थापना गरी सञ्चालन गर्दा मन्त्रालयले तोकिदिएको मापदण्डका आधारमा कार्ययोजना तयार गरी सञ्चालन गर्नु पर्नेछ।

(४) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि पर्यापर्यटन कार्यक्रम सञ्चालनको क्रममा प्रचलित कानून र वन कार्ययोजना विपरीत भौतिक पूर्वाधार निर्माण गरी वनक्षेत्रको भू-उपयोग परिवर्तन गर्ने गराउने समूह वा संघ संस्थालाई यस ऐन बमोजिम कारबाही हुनेछ।

(५) उपदफा (१) बमोजिम वन उद्यम तथा पर्यापर्यटन कार्यक्रम सञ्चालनको लागि इजाजत दिने तथा त्यस्तो कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।